डा. ईश्वर शर्मा
|
तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु ।
के कति कारणले ढाड दुख्न सक्छ ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् - १ गलत तरिकाले चिजबिजहरु उचाल्नु २ एक्कासी गरीने कडा व्यायाम ३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन ४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी ५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु ८ धेरै गह्रौं वस्तुहरु उचाल्नु ९ गर्भवती अवस्था १० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि । यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।
कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ
घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -
१ ज्वरो आएमा २ धेरै टाउको दुखेमा ३ ६० वर्ष उमेर नाघेका र लामो समयसम्म 'स्टेरोईड' औषधी सेवन गरिरहेको भएमा ४ खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा ५ निद्रा नलागेमा ६ गर्भवती अवस्थामा ७ दिसा वा पिसाब आफै हुन थालेमा ८ घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा घरायसी उपचार घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा 'आइस' लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि 'हट ब्याग' वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।
रोकथामका उपायहरु –
१ सामान्य व्यायाम
- शरिर
तन्काउने
हिँड्ने
आिद
२ क्याल्सियम र भिटामिन 'डी' युक्त पोषण ३ पानिको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने 'डिस्क' मा ७० प्रतिशत पानी हुन्छ ४ धेरै कमलो बिछ्यौनामा नसुत्ने ५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने |
The Wales Gurkha Community (WGC), South Wales, UK was established in 2006 by the retired members of the British Army’s Brigade of Gurkhas who settled in South Wales
Friday, 18 November 2011
ढाड दुख्ने समस्या
Sunday, 29 May 2011
अब विदेशबाट नेपाल आउनेले सुटुक्क सामान ल्याउन नपाउने
विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे। तर अब त्यसो गर्न नपाइने भएको छ। आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ। तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न। कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्-
अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन। भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा
खारेज गरिएको छैन। त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन्। के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा (२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।
(नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा, झिटी भारी” सम्बन्धी सूचनाबाट। यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू गरिएको हो। कुनै यात्रुले भन्सारमा घोषणा नगरी
कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको
उच्च रक्तचाप (Hypertension)
शरीरमा रगत संचार हुने बेलामा धमनीको भित्तामा (arterial wall)पर्ने चापलाई रक्तचाप (blood pressure/ BP) भनेर बुझिन्छ।रक्तचाप जति धेरै हुन्छ, मुटु र मृगौलालाई असर पर्ने र साथै ज्यानलाई नै जोखिम हुने सम्भावना त्यति नै धेरै हुन्छ।
सामान्यत: रक्तचाप नाप्दा 120/80 mmHg भन्दा कम हुन्छ। यदि रक्तचाप 120/80 mmHg देखि 139/89 mmHg बीच छ भने पूर्व-उच्च रक्तचाप (Pre-hypertension) भनिन्छ भने 140/90 mmHg वा त्यो भन्दा माथि छ भने उच्च रक्तचाप (Hypertension) भनेर भनिन्छ।
उच्च रक्तचाप कसलाई हुन्छ त?
- उच्च रक्तचाप वंशाणुगत जाने भएको हुनाले तपाईको परिवारमा पहिले देखि यो समस्या छ भने तपाईलाई पनि सो समस्या हुनसक्छ।
- मधुमेह, मृगौला र मुटुको रोगहरु पनि उच्च रक्तचापको जड हो
- जीवनशैली: मोटोपन, अधिक मात्रामा नून वा नूनिलो खानाको सेवन, धूम्रपान र मद्यपान साथै बिना व्यायाम-कसरतको शारिरिक निष्क्रियता
- उमेर ढल्दै जाँदा पनि रक्तचाप बढ्दै जान्छ
उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
- यसको सुरुमा कुनै चिन्हहरु र लक्षणहरु हुँदैन, त्यसैले रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ।
उच्च रक्तचाप कसरी कम गर्न सकिन्छ त?
- नियमित रुपमा रक्तचाप चेक (BP Check) गर्नुहोस्
- नून (नूनिलो खाना) साथै चिल्लो खाना पनि एकदम कम सेवन गर्नुहोस्
- प्रशस्त फलफूल र तरकारी खानुहोस्
फलफूल र तरकारी पोटासियमको प्राकृतिक स्रोत हो, जसले उच्च रक्तचाप कम गराउन सहयोग पुर्याउन्छ। फलफूल र तरकारीमा नून र चिल्लो कम हुन्छ भने रेसाको (fiber) राम्रो स्रोत हो।
- मानसिक तनाव कम गर्नुहोस्
- उच्च रक्तचापबाट हृदयघात पनि हुने गर्नाले त्यसबाट बच्नको लागि
धूम्रपानको लत त्याग्नुहोस्।
- सक्रिय जीवनशैली अप्नाउनुहोस्। शारिरिक सक्रियताले (कम्तीमा हप्तामा ४-५ दिन ३० मिनेट कसरत) उच्च रक्तचाप कम गर्नु साथै स्वस्थ वजन सन्तुलन गर्न साथै वजन घटाउन र अन्य रोगहरु लाग्नबाट पनि बँचाउछ।

Monday, 23 May 2011
गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ
कान्तिपुर संवाददाता
काठमाडौ, जेष्ठ ७ - गोलभेडा नियमित सेवन गर्नाले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित हुन्छ । दिनहँु गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ ।
युनिभर्सिटी अफ एडिलेटका वैज्ञानिक नेतृत्वको एउटा अन्तर्राष्ट्रिय दलले दाबी गरेअनुसार गोलभेडामा पाइने रातो तत्त्व 'लाइकोपेन' मा एसिअक्सिडेन्टजस्तो गुण हुन्छ, जुन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।
'म्याच्युराइटस्' जर्नलमा प्रकाशित उक्त अध्ययनमा कोलेस्ट्रोल र रक्तचापमा लाइकोपेनको प्रभाव विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो । यसका लागि पछिल्ला ५५ वर्षमा भएका १४ अध्ययनको सामूहिक परिणामको तुलनात्मक आँकलन पनि गरियो । अध्ययन दलका प्रमुख डा. केरिन रिड भन्छन्, 'हाम्रो अध्ययनले थाहा भएअनुसार, दिनहँु २५ मिलिग्रामभन्दा बढी लाइकोपेन खाएर कोलेस्ट्रोललाई १० प्रतिशतसम्म कम गर्न सकिन्छ ।'
गोलभेडामा लाइकोपेनको उच्चस्तर हुन्छ । दिनहँु गोलभेडाको करिब आधा लिटर जुस खाए वा ५० ग्राम पेस्ट सेवन गरिए मुटुको रोगबाट बच्न सकिन्छ ।
बाख्राको दूध पनि
पोषक तत्त्वले भरिएको बाख्राको दूधसमेत मुटुको स्वास्थ्यका लागि उत्तम मानिन्छ । स्पेनको ग्रेनाडा विश्वविद्यालयको एक अध्ययनअनुसार बाख्राको दूधमा पाइने बोसो तत्त्वले कोलेस्ट्रोलको स्तर कम गर्छ । नियमित रूपमा बाख्राको दूध खानाले रक्तअल्पता -एनिमिया)ले पीडित रोगीहरूको स्वास्थ्यमा सुधार आउँछ । यो दूधले हेमोग्लोबिन बन्न सघाउँछ ।
प्रा. मार्गरिटा स्यानचेज क्याम्पोसेका अनुसार बाख्राको दूधमा धेरै पोषकतत्त्व हुन्छ । यसमा 'क्यासिन' प्रोटिनसमेत सामेल छ, जसले बाख्राको दूधलाई मानव दूधजस्तै बनाउँछ । बाख्राको दूधमा मानव दूधमा जस्तै ओलिगोग्लिसराइड पनि हुन्छ । बाख्राको दूधमा गाईको दूधको दाँजोमा ल्याक्टोज (दूधमा पाइने सर्करा) को मात्रा कम हुन्छ । ल्याक्टोज पचाउन नसक्नेहरूले समेत बाख्राको दूध खान सक्छन् ।
बोसोको सही मात्राले ढुकढुकी सामान्य
खानपानमा बोसोको सही मात्रा मुटुको ढुकढुकीलाई सुचारु राख्न आवश्यक छ । खानपानमा बोसो न हुँदा मुटुलाई सर्वोत्कृष्ट रूपमा धड्किने क्षमता कम हुन सक्छ ।
मुख्य रूपमा मुटु रोगीमा यसको आशंका बढी हुन्छ ।
यो अनुसन्धान केस वेस्टर्न रिजर्व विश्वविद्यालय फिजियोलजी तथा बायो फिजिक्सका प्रा.मागर््रेट चान्डलर र उनका सहयोगीहरूले गरेका हुन् ।
अनुसन्धान परिणामअनुसार खानपानमा बोसोको उच्च मात्राले मुटुको धड्कनको क्षमतामा सुधार हुन्छ । प्रा. चान्डलरका अनुसार यसको अर्थ यो होइन कि हृदयाघात भएपछि पनि तपाईं बर्गरजस्तो वस्तु खान थाल्नुस् । तर यसले मुटुलाई पर्याप्त ऊर्जा तथा सामान्य मेटाबोलिज्मको काम गर्न सहयोग मिल्न सक्छ ।
यो अनुसन्धान अमेरिकन जर्नल अफ फिजियोलजी हार्ट एन्ड सर्कुलेट्री फिजियोलजीमा प्रकाशित भएको छ । यसअनुसार एकल तथा बहु-असन्तृप्त बोसोयुक्त संतुलित भोजन मुटुको रोगीहरूका लागि राम्रो हुन्छ, जो सख्खर र कार्बोहाईड्रेटको रूपमा परिवर्तित गर्न सकिन्छ ।
त्यही एक स्वस्थ मनुष्यमा मुटु ऊर्जाका लागि बोसो र कार्बोहाइड्रेट दुवैको उपयोग गर्छ, जो मुटुको ढुकढुकीको क्षमताका लागि आवश्यक छ ।
आदर्श रूपमा बोसोको उपयोग यस कारण हुन्छ भने यसले बढी ऊर्जा उत्पादन गर्छ । हार्ट फेलको स्थितिमा ऊर्जाका रूपमा ग्लुकोजको उपयोग यसैले प्राथमिकताका आधारमा गरिन्छ, किनभने यसले ऊर्जा उत्पन्न गर्न अक्सिजनको कम मात्राको आवश्यकता पर्छ ।
प्रकाशित मिति: २०६८ जेष्ठ ७ ०९:२१

Monday, 25 April 2011
भिसी विजेता तुलबहादुर पुन रहेनन्
घनश्याम खड्का
म्याग्दी, वैशाख ८ -
बेलायति सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस -भिसी) विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ ।
पुन पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ ।
पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ -२३ मार्च १९२३) मा म्याग्दी जिल्लाको बेगखोला गाविस-८ बान्दुकमा भएको थियो ।
छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् । घर फर्केपछि चैत महिनाभरी घार गाविस स्थित तातोपानीमा डुबेर बाथको उपचार गराएका पुन नयाँ बर्षसंगै घर फर्केका थिए ।
उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो ।
जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी भिक्टोरिया क्रसको स्थापना भएको हो । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आपmनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।
प्रकाशित मिति: २०६८ वैशाख ८ ११:२६
टाउकाको कठोर पीडा माइग्रेन
लक्ष्मण अधिकारी
Adhikari2007@yahoo.com
((( जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा र खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))
कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो । टाउको सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ । भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ ।
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक तनाव र माइग्रेन नै प्रमुख हुन् । टाउको दुखाइको ४५ प्रतिशत कारण मानसिक तनाव हो भने ३० प्रतिशत कारण माइगे्रन हो । टाउको दुखाइमा अत्यन्तै कडा पीडाको महसुस गर्ने समस्या माइग्रेन हो, जसका कारण मानिसहरु करिब २ घण्टादेखि ३ दिनसम्म ज्यादै असहज अवस्थामा पुगेका हुन्छन् । सामान्यतया माइग्रेन उपचारै नगरी कम हुँदै जान्छ तर पटक-पटक दोहोरिएर जीवनको लामो समयसम्म आइरहन सक्छ, जसले मानिसको जीवन असहज हुनका साथै उत्पादकत्व पनि घटाउँछ । माइग्रेनलाई पर्ूण्ा निको पार्न नसकिए पनि छिटो-छिटो दोहोरिएर आउने र लामो अवधि कठोर पीडा भइरहने अवस्थालाई भने न्यूनीकरण गर्न सकिन्छ । माइग्रेनजस्तै पीडा टाउकोमा लाग्ने अन्य रोगका कारण पनि हुन सक्ने भएकाले र्सवप्रथम रोगको यकिन गर्न जरुरी छ । माइग्रेन नै भएको यकिन भए पनि कतिपय अवस्थामा आफैंले पनि व्यवस्थापन गरी पीडालाई सहज बनाउन सकिने विज्ञहरुको भनाइ छ ।
असाध्य टाउको दुखाइ माइग्रेन
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँतनाव टाउको दुखाइको प्रमुख कारण हो र माइग्रेन हुनुको एउटा कारण तनाव पनि हो । उहाँका अनुसार बराबर तनावग्रस्त हुने मानिसलाई पछि माइग्रेन पनि हुन सक्छ र लामो समय माइग्रेन भएका मानिसलाई पछि अर्को मानसिक रोग ड्रि्रेसन पनि भएको पाइएको छ । कहिलेकाहीँ ड्रि्रेसन सुरु भएपछि
यसै रोगको लक्षणस्वरुप माइग्रेन देखापर्छ । यसको मतलव ड्रि्रेसनलगायतका मुड डिर्सअर्डरसँग यसको सम्बन्ध छ । आजको भागदौड र तनावयुक्त समाजमा यो समस्या वृद्धि भएको देखिन्छ ।
टाउकाको चोटपटक ३ प्रतिशत
माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । माइग्रेनलाई टाउको दुखाइको चरम अवस्था मान्न सकिन्छ । भनिन्छ, वास्तविक माइग्रेनको पीडा भुक्तभोगीले मात्र बताउन सक्छ । माइग्रेनको टाउको दुखाइ अन्य सामान्य टाउको दुखाइभन्दा एकदम फरक हुन्छ । वरिष्ठ न्यूरो र्सजन डा. पवनकुमार भन्नुहुन्छ- ँमाइग्रेनले आक्रमण भएका बेला आकाशै खस्लाजस्तो हुन्छ तर जब यसले छोड्छ, मानिस पुनः सामान्य अवस्थामा नै हुन्छ । उसलाई रोगको कुनै अनुभव हँुदैन ।’ डा. पवनका अनुसार माइग्रेन सुरु भएपछि यो पटक-पटक दोहोरिएर आउँछ र जीवनको लामो अवधिसम्म रहिरहन्छ । पछि यो आफंै हराएर जान पनि सक्छ ।
सुरुमा सामान्य पेनकिलरले पनि ठीक हुन्छ तर पछि यो औषधि पनि प्रभावहीन हँुदै जान्छ । स्थिति नाजुक भएर अस्पताल नै भर्ना हुनुपर्ने स्थिति सिर्जना हुन्छ । भोग्नेलाई ज्यादै गाह्रो भए पनि यसलाई खतरनाक रोग मानिदैन । डा. पवनका अनुसार माइग्रेनबाट प्यारालाइसिस हुने, ब्रेन हेमरेज हुने हुँदैन । यसकै कारण ज्यान पनि जाँदैन । यसलाई निको पार्न सकिन्न तर नियन्त्रण गर्न सकिन्छ ।
माइग्रेनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । डा. पवनका अनुसार माइग्रेन भएका मानिसमध्ये ७० प्रतिशत महिला हुन्छन् । पूरा जनसंख्यामा ५ देखि १० प्रतिशतलाई माइग्रेन भएको पाइएको छ । यो समस्या प्रायः किशोरावस्थामा सुरु हुन्छ र लामो समयसम्म रहन्छ ।
माइग्रेनको प्रमुख लक्षण
असाध्य टाउको दुख्नु र वाकवाक लाग्नु माइग्रेनको प्रमुख लक्षण हो । यो समस्या सुरु भएपछि टाउको फुट्लाजस्तो गरी नै दुख्छ । माइग्रनेको टाउको दुखाइमा अक्सर बान्ता हुन्छ । माइगे्रन हुँदा धेरैजसोमा असाध्यसँग आधा टाउको दुख्ने हुन्छ । यसलाई आधा शिर दुख्ने भनिए तापनि एक तिहाइ शिर दुखाइ कन्चटको दुवैतिर नै दुख्ने हुन्छ । एकतर्फमात्र दुखाइ हुने समस्याले ठाउँ बदलिरहेको हुन्छ । कसै-कसैलाई पूरै टाउको पनि दुख्छ । दुखाइको क्रम टनटन गरेर टन्किने पाराको हुन्छ । चर्को आवाज सुन्न नसकिने, उज्यालो हर्ेन गाह्रो हुने, आँखा तिर्मिराउने र बान्ता हुने हुन्छ । बान्ता भएपछि केही शान्त हुन्छ । बेला-बेलामा आँखा, कन्पारो र कानसम्म दुख्छ । यसमा पीडितको आँखामा असामान्य चमक देखिन्छ । प्रकाश, आवाज र गन्धको पहिचान गर्न कठिन हुन्छ
Adhikari2007@yahoo.com
((( जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा र खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))
कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो । टाउको सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ । भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ ।
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक तनाव र माइग्रेन नै प्रमुख हुन् । टाउको दुखाइको ४५ प्रतिशत कारण मानसिक तनाव हो भने ३० प्रतिशत कारण माइगे्रन हो । टाउको दुखाइमा अत्यन्तै कडा पीडाको महसुस गर्ने समस्या माइग्रेन हो, जसका कारण मानिसहरु करिब २ घण्टादेखि ३ दिनसम्म ज्यादै असहज अवस्थामा पुगेका हुन्छन् । सामान्यतया माइग्रेन उपचारै नगरी कम हुँदै जान्छ तर पटक-पटक दोहोरिएर जीवनको लामो समयसम्म आइरहन सक्छ, जसले मानिसको जीवन असहज हुनका साथै उत्पादकत्व पनि घटाउँछ । माइग्रेनलाई पर्ूण्ा निको पार्न नसकिए पनि छिटो-छिटो दोहोरिएर आउने र लामो अवधि कठोर पीडा भइरहने अवस्थालाई भने न्यूनीकरण गर्न सकिन्छ । माइग्रेनजस्तै पीडा टाउकोमा लाग्ने अन्य रोगका कारण पनि हुन सक्ने भएकाले र्सवप्रथम रोगको यकिन गर्न जरुरी छ । माइग्रेन नै भएको यकिन भए पनि कतिपय अवस्थामा आफैंले पनि व्यवस्थापन गरी पीडालाई सहज बनाउन सकिने विज्ञहरुको भनाइ छ ।
असाध्य टाउको दुखाइ माइग्रेन
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँतनाव टाउको दुखाइको प्रमुख कारण हो र माइग्रेन हुनुको एउटा कारण तनाव पनि हो । उहाँका अनुसार बराबर तनावग्रस्त हुने मानिसलाई पछि माइग्रेन पनि हुन सक्छ र लामो समय माइग्रेन भएका मानिसलाई पछि अर्को मानसिक रोग ड्रि्रेसन पनि भएको पाइएको छ । कहिलेकाहीँ ड्रि्रेसन सुरु भएपछि
यसै रोगको लक्षणस्वरुप माइग्रेन देखापर्छ । यसको मतलव ड्रि्रेसनलगायतका मुड डिर्सअर्डरसँग यसको सम्बन्ध छ । आजको भागदौड र तनावयुक्त समाजमा यो समस्या वृद्धि भएको देखिन्छ ।
टाउको दुख्ने कारणहरु
तनाव ४५ प्रतिशत
माइग्रेन ३० प्रतिशत
पिनास र आँखा ८ प्रतिशत
अरु रोगको संक्रमण ७ प्रतिशत पिनास र आँखा ८ प्रतिशत
टाउकाको चोटपटक ३ प्रतिशत
ब्रेन ट्युमर, सेरोब्रोभास्कुलर
डिजिज, मस्तिष्कको संक्रमण र मस्तिष्कमा हुने अन्य रोगहरु ७ प्रतिशत
सुरुमा सामान्य पेनकिलरले पनि ठीक हुन्छ तर पछि यो औषधि पनि प्रभावहीन हँुदै जान्छ । स्थिति नाजुक भएर अस्पताल नै भर्ना हुनुपर्ने स्थिति सिर्जना हुन्छ । भोग्नेलाई ज्यादै गाह्रो भए पनि यसलाई खतरनाक रोग मानिदैन । डा. पवनका अनुसार माइग्रेनबाट प्यारालाइसिस हुने, ब्रेन हेमरेज हुने हुँदैन । यसकै कारण ज्यान पनि जाँदैन । यसलाई निको पार्न सकिन्न तर नियन्त्रण गर्न सकिन्छ ।
माइग्रेनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । डा. पवनका अनुसार माइग्रेन भएका मानिसमध्ये ७० प्रतिशत महिला हुन्छन् । पूरा जनसंख्यामा ५ देखि १० प्रतिशतलाई माइग्रेन भएको पाइएको छ । यो समस्या प्रायः किशोरावस्थामा सुरु हुन्छ र लामो समयसम्म रहन्छ ।
माइग्रेनको प्रमुख लक्षण
असाध्य टाउको दुख्नु र वाकवाक लाग्नु माइग्रेनको प्रमुख लक्षण हो । यो समस्या सुरु भएपछि टाउको फुट्लाजस्तो गरी नै दुख्छ । माइग्रनेको टाउको दुखाइमा अक्सर बान्ता हुन्छ । माइगे्रन हुँदा धेरैजसोमा असाध्यसँग आधा टाउको दुख्ने हुन्छ । यसलाई आधा शिर दुख्ने भनिए तापनि एक तिहाइ शिर दुखाइ कन्चटको दुवैतिर नै दुख्ने हुन्छ । एकतर्फमात्र दुखाइ हुने समस्याले ठाउँ बदलिरहेको हुन्छ । कसै-कसैलाई पूरै टाउको पनि दुख्छ । दुखाइको क्रम टनटन गरेर टन्किने पाराको हुन्छ । चर्को आवाज सुन्न नसकिने, उज्यालो हर्ेन गाह्रो हुने, आँखा तिर्मिराउने र बान्ता हुने हुन्छ । बान्ता भएपछि केही शान्त हुन्छ । बेला-बेलामा आँखा, कन्पारो र कानसम्म दुख्छ । यसमा पीडितको आँखामा असामान्य चमक देखिन्छ । प्रकाश, आवाज र गन्धको पहिचान गर्न कठिन हुन्छ
Subscribe to:
Posts (Atom)